नेभिगेशन
स्वास्थ्य/जीवनशैली

पदाधिकारी पदपूर्ति गर्दै बिपी प्रतिष्ठान, रजिस्ट्रारमा ५, डाइरेक्टरमा १३ र रेक्टरमा ४ जनाको आवेदन

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पदाधिकारी पदपूर्तिको प्रयोजनका लागि दरखास्त आह्वानको समय मंगलबार सकिएको छ । 

प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. स्मृति कार्कीले नियुक्ति पाएपछि बाँकी पदाधिकारी रजिस्ट्रार, अस्पताल निर्देशक र शिक्षाध्यक्षको पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको थियो ।
बिपी प्रतिष्ठानको कार्यविधि 'वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३' अनुसार पदाधिकारीको छनोट तथा सिफारिस प्रक्रिया अघि बढाइएको छ । कार्यविधिअनुसार सिफारिस समितिको अध्यक्षमा उपकुलपति रहने व्यवस्था छ । 

प्रतिष्ठान स्रोतका अनुसार रजिस्ट्रारमा ५ जना, अस्पताल निर्देशक (डाइरेक्टर) मा १३ जना र शिक्षाध्यक्ष (रेक्टर) मा ४ जनाको आवेदन परेको छ । प्रारम्भिक आवेदन प्रतिष्ठानले गोप्य राखेको छ । छोटो सूची (सर्टलिस्ट) मात्र सार्वजनिक गरिने स्रोतको भनाइ छ । 

कार्यविधि हेर्नुहोस् 

1000228979-1787116130.jpg
1000228981-1787116154.jpg
1000228983-1787116191.jpg
1000228985-1787116225.jpg
1000228987-1787116249.jpg
1000228991-1787116280.jpg
1000228993-1787116320.jpg
1000228995-1787116355.jpg
1000228997-1787116380.jpg
1000228999-1787116413.jpg
1000229001-1787116439.jpg
1000229003-1787116465.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य/जीवनशैली