नेभिगेशन
समाचार

पत्रकार भोजराज श्रेष्ठद्वारा लिखित "सुनसरीको मिडिया परिदृश्य" पुस्तक विमोचन

धरान । पत्रकार भोजराज श्रेष्ठद्वारा लिखित "सुनसरीको मिडिया परिदृश्य" पुस्तक विमोचन भएको छ ।

धरानको महेन्द्र बहुमुखी क्याम्पसमा धरान रिडर्स ग्रुपको आयोजनामा आइतबार पुस्तकको विमोचन गरिएको हो । सुनसरीको मिडिया क्षेत्रमा सात वर्ष शोध, अनुसन्धानपछि पुस्तक प्रकाशन गरेको लेखक श्रेष्ठले  बताए । 

पुस्तक विमोचनका अवसरमा वरिष्ठ पत्रकार हर्ष सुब्बाले धरानदेखि सुनसरी हुँदै मुलुकको पत्रकारिता र विश्व पत्रकारिताको इतिहासको परिचर्चा गरे । उनले पुस्तकले सुनसरीको पत्रकारिता र सञ्चार क्षेत्रको परिवर्तनको विषयमा बताउने उल्लेख गरे । 

1000230156-1787476742.jpg
प्रा. डा. टङ्कप्रसाद न्यौपानेले  पुस्तकको पुस्तक पठनीय र सङ्ग्रहनीय रहेको बताए । उनले पुस्तकको परिचर्चा गर्दै आगामी संस्करणमा विषयवस्तु थप्ने र त्रुटि सच्याउनु पर्ने बताए ।

विमोचनका अवसरमा पुस्तक लेखनमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो । 

पुस्तक विमोचन धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको थियो । उपप्राध्यापक राजेश विद्रोहीले सहजीकरण गरेक थिए । धरानका पूर्वनगरप्रमुख तिलक राईको प्रमुख आतिथ्यतामा भएको विमोचन कार्यक्रममा जिल्लाका कवि, लेखक, प्राध्यापक, पत्रकारहरुको उपस्थिति थियो । 

पत्रकार श्रेष्ठ ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक हुन् । उनी धरानमा रहेर १८ वर्षदेखि पत्रकारिता र शिक्षण पेशामा आवद्ध छन् । 

1000230157-1787476776.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार