नेभिगेशन
समाचार

लोकतन्त्रवादी किरात राई संघको अध्यक्षमा सुवास चन्द्र राई

धरान । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल लोकतन्त्रवादी किरात राई संघको प्रथम महाधिवेशनबाट सुवास चन्द्र राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

महाधिवेशनले राजाबाबु किराँती र सारिका राईलाई उपाध्यक्ष, खगेन्द्र राईलाई महामन्त्री तथा पंचकला राई र राजकुमार राईलाई सहमहामन्त्रीमा चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा राजकुमार राई, चित्र राई, सुरेन्द्र राई, किरण जंग राई, रिवाज राई, कल्पना राई, ज्ञानकुमार राई, विमला राई, विश्वनाथ राई, धनबहादुर राई, रमिला राई र अनुपमा राई  छन् ।

नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघअन्तर्गत रहेको किरात राई संघको पहिलो केन्द्रीय महाधिवेशन धरानमा आयोजना गरिएको हो । महाधिवेशनमा कोशी प्रदेशका १४ जिल्ला तथा काठमाडौं उपत्यकाबाट १५० भन्दा बढी प्रतिनिधि सहभागी हुने यसअघि संघले जनाएको थियो ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै संघलाई थप सशक्त बनाउने र नयाँ पुस्तालाई राजनीतिक नेतृत्वका लागि तयार गर्ने उद्देश्य अघि सारिएको संघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार