नेभिगेशन
समाचार

मोरङमा १३ लाख ३५ हजार रुपैयाँको भन्सार छलीका सामान बरामद

विराटनगर । मोरङका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १३ लाख ३५ हजार ५ सय २५ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीबाट खटिएको टोलीले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको हो ।

बरामद सामानमा एउटा अटो, लत्ताकपडा र कस्मेटिक सामग्री छन् । आवश्यक कारबाहीका लागि बरामद सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार