नेभिगेशन
समाचार

उदयपुरको भागलपुरमा सामुदायिक वनले घेराबेरा गरेपछि स्वास्थ्य केन्द्र जाने बाटो थुनियो

रामपुर । उदयपुरको बेलका नगरपालिका-२ स्थित भागलपुर आधारभूत स्वास्थ्य केन्द्र बन्धक बनेको छ । स्वास्थ्य केन्द्र बन्धक बनेपछि आधारभूत स्वास्थ्य सेवा लिने नागरिक मार्कामा परेका छन् । 

भागलपुरस्थित सप्तकोशी सामुदायिक वन उपभोक्ता समूहले स्वास्थ्य केन्द्र नै वनक्षेत्रभित्र पर्ने भन्दै घेराबेरा गरेर ताला लगाइदिएपछि सेवाग्राही मारमा परेका हुन् ।

भागलपुर बानडाँडास्थित आधारभूत स्वास्थ्य चौकीमा दैनिक ३० जनाले आधारभूत स्वास्थ्य सेवा लिँदै आएका छन् । वन कार्यालयले ताला लगाइदिएपछि सेवाग्राही प्रभावित भएको स्वास्थ्य केन्द्रका प्रमुख राजकुमार यादवले बताए । 

'आजै बाहिर बसेरै १५ जनालाई सेवा दिएका छौं, तालाचाबी लगाइएपछि स्वास्थ्य केन्द्रमा प्रवेश गर्ने बाटो नै हराएको छ,' स्वास्थ्य केन्द्र प्रमुख यादवले भने, 'वडा कार्यालय र नगरपालिकालाई समेत खबर गरिसकें ।' 

वनले आफ्नो क्षेत्र घेराबारा गर्ने नाउँमा उक्त स्वास्थ्य केन्द्रसमेत घेराबारा गरेको स्थानीय प्रदीप बस्नेतले बताए ।  गरिबको स्वास्थ्यमाथि हानी हुने काम गरिएको छ,' उनले भने, 'स्वास्थ्य सेवा लिन बन्देज भएको जानकारी र मौखिक सुझाव दिँदा समेत अटेर गरी अहिले त चाबी नै लगाएको देखिन्छ ।'

बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले वनलाई स्वास्थ्य सेवा प्रभावित गर्ने अधिकार नभएको बताए । 'यसो गर्न मिल्दैन, सामुदायिक वनभन्दा अगाडि स्वास्थ्य केन्द्र बनेको हो, यस्तो काम जसले गरे पनि फटाइ हो ।' उनले भने ।

नगरप्रमुख कार्कीले वडासँगको समन्वयमा तत्काल तालाचाबी खोल्न लगाउने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार