नेभिगेशन
राजनिती

सातै प्रदेशका मुख्यमन्त्रीसँग  छलफल गर्दै प्रधानमन्त्री वालेन्द्र, प्रशासनिक र आर्थिक विषयमा केन्द्रित रहने

काठमाडौं । राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ बनाउने एजेन्डाका साथ प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दैछन् । 

बैठक  दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि पहिलोपटक आज बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्या समाधान गर्ने विषयमा छलफल केन्द्रित रहने बताइएको छ । 

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनिती