नेभिगेशन
राजनिती

संसदीय समितिहरूको नेतृत्व बाँडफाँट: को-को चुनिए सभापति ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिको सभापति उम्मेदवार टुंग्याएको छ ।
बिहीबार मध्याह्न संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूको नेतृत्व चयन प्रक्रिया टुंग्याएको हो । प्राप्त पछिल्लो विवरण अनुसार १२ वटा समितिहरूका सभापति र प्रमुख सचेतकहरूको नाम तय गरिएको छ ।

विभिन्न मन्त्रालयको कार्यक्षेत्र हेर्ने गरी गठन गरिएका समितिहरूमा कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरी बुढाथोकी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी चयन भएका छन् ।

समितिको सभापतिसँगै संसदीय दलको कामकारबाहीलाई प्रभावकारी बनाउन प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल छन् ।

सार्वजनिक लेखा समितिको नेतृत्व भने संसदीय परम्परा अनुसार प्रमुख प्रतिपक्षी दललाई दिने व्यवस्था मिलाइएको छ। संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त जस्ता महत्त्वपूर्ण समितिहरूमा 'संयुक्त' नेतृत्व रहने गरी कार्यविभाजन गरिएको छ। यस चयनसँगै अब संसदका कामकारबाही र विधेयकहरूमाथिको दफावार छलफलले गति लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनिती