नेभिगेशन
Dashain Banner
Dashain Banner
कला/मनोरञ्जन

वैशाख ११ गते धरानमा गुञ्जिँदै छ, अल्बाट्रोस र 'पहेलो बत्ती मुनि' 

धरान । 'आँशु झरे म पुछि दिउँला आकाशका तारा सबै टिपेर ल्याइदिउँला..', 'आवाज यो के आयो एकाबिहान..', 'खसेका तारा..', 'तिमी अनि मेरो त्यही एउटै कुरा..' लगायतका चर्चित गीतले युवाको मन जितेको नेपाली ब्याण्ड अल्बाट्रोस धरानमा गुञ्जिने भएको छ । 

अल्बाट्रोससँगै 'पहेलो बत्ती मुनि'ले 'गौंथली', 'लोरी' 'टाटेपाटे भित्ता' र 'मेरी उजेली' जस्ता लोकप्रिय गीत धराने संगीतप्रेमी माझ प्रस्तुत गर्नेछ । 
 
वैशाख ११ गते धरान रंगशालामा 'रेडबुल प्रेजेन्ट्स नेपाल टुर २०२६' अन्तर्गत सांगीतिक कार्यक्रम आयोजना हुन  लागेको हो । 

लोकप्रिय ब्यान्डहरू अल्बाट्रोस र पहेलो बत्ती मुनिको यो बहुप्रतीक्षित लाइभ कन्सर्टले धरानका संगीत पारखीको मन जित्ने स्थानीय व्यवस्थापकले जनाएको छ ।  काम म्यानेजमेन्ट र तक्षक इन्टरटेन्मेन्टको सहकार्य तथा दृश्य : सी द अनसिनको व्यवस्थापनमा धरान रंगशालामा कन्सर्ट हुनेछ ।

म्युजिकल टुरअन्तर्गत ६ वटा शहरमा  आयोजना हुने कन्सर्ट हालसम्म देशका ५ वटा शहरमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । धरान म्युजिकल टुरको अन्तिम गन्त्व्य रहेको व्यवस्थापन टिमले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/मनोरञ्जन