नेभिगेशन
राजनिती

दार्चुला झोलुङ्गे पुल : हर्क साम्पाङले भने- भारतलाई सोधेर समन्वय गरिदिनू

धरान । जनश्रमदानबाट दार्चुलामा झोलुङ्गे पुल निर्माण अभियानमा लागेका श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समन्वयका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका छन् । 

महाकाली नदीमा पुल निर्माण हुने भएकाले भारत सरकारलाई सोधेर समन्वय गरिदिन साम्पाङले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका हुन् । 

फेसबुकमा पोस्ट गरेको पत्रमा साम्पाङले परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै भारत सरकारको समन्वय आवश्यक रहेको खुलाएका छन् । 

उनले लेखेका छन्-  'हाल दार्चुला ब्यास २ दुम्लिङमा त्यहाँका स्थानीयहरुलाई बजार, अस्पताल र विद्यालय जान महाकाली नदीमा झोलुङ्‌गे पुल निर्माण गर्नु पर्ने अति आवश्यक देखिएकोले पारी प‌ट्टी भारतको भूभाग पर्न जाने हुँदा भारत सरकारलाई सोधेर सम्बन्धित सबै निकायहरु सङ्ङ्ग समन्वय गरिदिन अनुरोध छ ।'

साम्पाङले  पुल नहुँदा तुइन तरेर महाकाली तर्नु पर्ने बाध्यता रहिआएको उल्लेख गरेका छन् ।  तुइन तर्ने क्रममा बर्षेनी ज्यान जाने गरेको तीतो यथार्थ अवगत गराएको बताएका छन् । साम्पाङले परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्दै लेखेका छन्- जति  सक्दो चाँडै त्यस भेगमा स्तरीय सडक निर्माण गर्ने कार्य समेत गर्नु पर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।' 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनिती