नेभिगेशन
राजनीति

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई- 'सोई ढोले सोई केन्द्रीय सरकार खोई ?'

धरान । भोजपुरबाट निर्वाचित श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिनिधि सभा बैठकमा केन्द्रीय सरकारको उपस्थितिमाथि प्रश्न उठाएका छन् । 

उनले सदन र जनताप्रति केन्द्रीय सरकारको उपस्थिति र उत्तरदायित्व नभएको भन्दै आपत्ति जनाए ।  मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले भने- 'सोई ढोले सोई केन्द्रीय सरकार खोई' 

हावाहुरीका कारण गत चैतमा भोजपुरका ६५ वटा घर र ८ वटा स्कुलको छानो उडाएको सदनमार्फत सरकारलाई जानकारी गराए पनि कुनै राहत उपलब्ध नगराएको भन्दै आलोचना गरे । उनले गृहमन्त्रीलाई भेटेरै भने पनि जनताको आवाज नसुनिएको बताए । सांसद राईले भोजपुरे जनताको पीडा सरकारले नसुनेकाले  साकेला उँभौलीको शुभकामना दिँदै अब चाहिँ सुनिएला कि भन्ने अनुरोध गरेको बताए । 

उनले भोजपुरे जनताले पहिलोचोटि राणा शासन कब्जा गरेको सुनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति