नेभिगेशन
राजनिती

शिक्षा संकट: मन्त्रीको राजीनामा, आन्दोलनको बलियो चेतावनी!

विद्यालय शिक्षा ऐन तुरुन्तै ल्याउनुपर्ने मागसहित देशभर चर्किंदै गएको शिक्षक आन्दोलनको दबाबबीच शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएकी छन्।

बालुवाटार स्रोतका अनुसार, मन्त्री भट्टराईले आन्दोलनका कारण उत्पन्न राजनीतिक तथा सामाजिक तनावलाई सम्बोधन गर्न नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिएकी हुन् भने मन्त्रालयले भने स्वास्थ्य अवस्था कमजोर भएका कारण राजीनामा दिएको दाबी गरेको छ।

मन्त्री भट्टराईले आन्दोलनरत शिक्षकहरूलाई वार्ताको टेबुलमा ल्याउने प्रयास गरे पनि शिक्षकहरू सशक्त ढंगले ‘पहिले विधेयक, अनि वार्ता’ को अडानमा उभिएका छन्। यसले सरकार र शिक्षकबीचको संवाद पूर्ण रुपमा अवरुद्ध भएको संकेत गर्छ। यता, शिक्षकहरूले विधेयक संसदबाट पारित नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिँदै आएका छन्।

अब के हुन्छ?

राजीनामापछि अबको दिशा के हुनेछ भन्नेमा स्पष्टता छैन। आन्दोलनलाई सम्बोधन गर्न सरकारले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना देखिएको छ। तर यसबीच आन्दोलन उस्तै तिव्र छ, जसले राष्ट्रिय शिक्षाको ढाँचा र विद्यार्थीको भविष्यप्रति गम्भीर प्रश्न उठाएको छ।

शिक्षकहरू सडकमा छन्, विद्यार्थी कक्षाबाहिर छन्, र मन्त्रालय नेतृत्वविहीन छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

संम्बाद दाता

थप राजनिती