नेभिगेशन
राजनिती

धरानमा विमानस्थलको माग: “भावनाले होइन, अध्ययनले हुन्छ योजना” पूर्वमन्त्री किराती

धरानःधरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पुनः एकपटक धरानमा विमानस्थल निर्माणको माग उठाएपछि पूर्वपर्यटन तथा नागरिक उड्यान मन्त्री सुदान किरातीको अभिव्यक्तिले नयाँ बहस जन्माएको छ।

पूर्वमन्त्री किरातीले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भनेका छन्, “म पनि धरानमा विमानस्थल बनोस् भन्ने चाहन्थें, तर काम भावना मात्रले हुँदैन। कानुन, अध्ययन, प्रक्रिया र पारदर्शिता बिना गरिएको कुनै पनि निर्णय अन्ततः भ्रष्टाचारतर्फ जान्छ।”

उनले नाम नलिईकन मेयर हर्कको मागप्रति संकेत गर्दै ठूला योजनाहरू हँचुवाको भरमा अघि नबढाउन चेतावनी दिएका छन्। “कुनै व्यक्तिले हँचुवाको रूपमा अवैज्ञानिक ढंगबाट ठूलो परियोजनाहरू सुरु गर्दा राज्यको सम्पत्ति दुरुपयोग हुन्छ, जनतामाथि ऋणको भारी थपिन्छ,” किरातीले लेखेका छन्।

स्मरणीय छ, मेयर राईले केही दिनअघि धरानको भौगोलिक अवस्थिति, जनसंख्या घनत्व र व्यापारिक सम्भावना औँल्याउँदै विमानस्थलको आवश्यकता रहेको बताएका थिए। उनले भनेका थिए, “धरान पूर्वी नेपालको केन्द्रविन्दु हो, यहाँ विमानस्थल हुनु रणनीतिक आवश्यकता हो।”

तर पूर्वमन्त्री किरातीले भने यस्ता योजना अघि बढाउन प्राविधिक, आर्थिक, व्यावसायिक र वातावरणीय अध्ययन अनिवार्य हुने स्पष्ट पारेका छन्। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिँदै अनियमितता र अति महत्वाकांक्षी योजनाको परिणाम देखाएको पनि उल्लेख गरेका छन्।

“मैले धरानमा विमानस्थल बनाउन नसकेकोमा म दुखी छु, तर जनतालाई झूटो सपना बेच्ने काम पनि गर्नु हुँदैन,” किरातीको भनाइ छ।

धरानमा विमानस्थल बनाउने विषय राजनीतिक र जनस्तरमा बारम्बार उठ्ने मुद्दा हो। पूर्व मन्त्रीको यो अभिव्यक्तिपछि धरानको विमानस्थल सम्बन्धी बहसले नयाँ मोड लिने देखिएको छ।1000072736-1745317611.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

संम्बाद दाता

थप राजनिती