नेभिगेशन
राजनीति

चतराबाट उदयपुर, धनुकटा, भोजपुर  दौडिरहेका पानीजहाजले वाटर एम्बुलेन्सको काम गरिरहेको छ- सांसद श्रेष्ठ 

धरान । सांसद मीना श्रेष्ठले चतराबाट चलेका पानी जहाजले जनसेवा गरिरहेको बताएकी छन् । 

कोशी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि सोमबार जारी छलफलमा कोशी नदीमा चलेका पानी जहाजले वाटर एम्बुलेन्सको काम गरेको बताइन् । 'चतराबाट उदयपुर, धनुकटा, भोजपुर तीन जिल्लामा दौडिरहेका पानीजहाज र स्टिमरले जनतालाई छिटो छरितो रुपमा यातायातको काम मात्रै होइन, वाटर एम्बुलेन्सको रुपमा  पनि काम गरिरहेको छ ।'
 
उनले प्रदेश सरकारले निजी क्षेत्रको सहकार्यमा जल यातायात, जल पर्यटन तथा धार्मिक, सांस्कृतिक विषयलाई जोडेर जल यातायातलाई वैकल्पिक यातायातका रुपमा प्रवर्धन गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति