नेभिगेशन
राजनीति

सदनमा श्रमसंस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नैप्रश्न- जीबी राई कहिले पक्राउ हुन्छ सरकार ? 

धरान । श्रमसंस्कृति पार्टीका सांसद आरेन राईले प्रतिनिधि सभाको शून्य समयमा बोल्दै मंगलबार सरकारलाई प्रश्नैप्रश्न तेर्स्याएका छन् । 

उनले बाँदर व्यवस्थापन, सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन, किसानका समस्या र पूर्वाधार निर्माणसम्बन्धी समस्या समाधानका सम्बन्धमा सदनमार्फत सरकारलाई प्रश्न गरेका हुन् । 

 खोटाङ जिल्लाका अलपत्र परेका योजनाहरु खोटाङ-भोजपुर जोड्ने मध्यपहाडी लोकमार्ग, रसुवाघाट-वंशिलाघाट पुल र हलेसी-जयरामघाट सडक निर्माणका लागि सदनको ध्यानाकर्षण गराएका छन् । उनले सहकारी पीडितले पैसा पाउनुपर्ने श्रम संस्कृति पार्टीले जोडदार माग गरे पनि जनताले तिरेको कर र राज्यकोषबाट दिन नहुने बताए । सांसद राईले सदनमा सरकारमाथि उठाएका ६ प्रश्नहरु हेर्नुहोस् :

१. बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ?
२. सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिले हुन्छ सरकार ?
३. जीबी राई कहिले पक्राउ हुन्छ सरकार ?
४. किसानको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्र हुन्छ सरकार ?
५. खोटाङका अलपत्र परेका विकास निर्माण कहिले पूर्णनिर्माण हुन्छ सरकार ?
६. सहकारी बैंकले डुबाएको पैसा सरकारले तिरिदिने नीति लिएको हो सरकार ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति