नेभिगेशन
राजनीति

प्रतिपक्षीको अवरोधबीच पर्यटन विधेयक- २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव 

धरान । प्रतिपक्षीको अवरोधबीच सभामुख डीपी अर्यालले संसद्को कार्यसूची अघि बढाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक- २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । 

संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै प्रतिपक्षीले अवरोध गरेका छन् । कार्यसूची अघि बढाउँदै सभामुख अर्यालले सांसद अशोककुमार चौधरीलाई रोस्ट्रममा डाकेका छन् । उनले  पर्यटन विधेयक- २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सैद्धान्ति धारणा राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति