नेभिगेशन
राजनीति

सदनमा पक्ष- विपक्ष सांसदको आक्रोश

धरान । प्रतिनिधि सभा बैठकमा पक्ष/विपक्षका सांसदहरु आक्रोशित रुपमा प्रस्तुत भएका छन् । 

प्रधानमन्त्री वालेन्द्र साहले सदनमा उठेका प्रश्नको उत्तर दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्ति जनाएका थिए ।  नेकपा एमाले र श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर बोल्न समय मागेपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादित हुन रुलिङ गरेका थिए ।

उनले नेकपा एमालेका ऐन महर र श्रम संस्कृति पार्टीका ध्रुवराज राईले संसदीय मर्यादाविपरीतको क्रियाकलाप गरेकोमा ध्यानाकर्षण भएको जानकारी गराएका थिए । यस्तै श्रम संस्कृति पार्टीका सांसद आरेन राईलाई भाषा सुधार्न र मर्यादित रहन ध्यानाकर्षण गराएका थिए । 

प्रधानमन्त्री साह बाहिरिएपछि विपक्षी दलका सांसदले नियमापत्ति जनाएका थिए । त्यसैबेला सत्ता पक्षकी सांसद आशिका तामाङ आक्रोशित भएकी थिइन् । उनले सदनमा वादविवाद गरेकी थिइन् । रास्वपा सांसद तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति