नेभिगेशन
राजनीति

नेपालले पनि भारतको सीमा मिचेको छ भनेपछि प्रधानमन्त्रीलाई नेपाली कांग्रेसको चुनौती 

धरान । प्रधानमन्त्री वालेन्द्र साहले आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए । उनको यो भनाइ संसदको रेकर्डबाट हटाउन नेपाली कांग्रेसकी सचेतक वासना थापाले माग गरेकी छन् । 

प्रधानमन्त्री साहले आफू प्रधानमन्त्री भएपछि मात्रै यो तथ्य थाहा पाएकाले लिपुलेक, लिम्पियाधुरालगायत नेपाल भारतका सीमाका विषयमा कुटनीतिक तवरले कुराकानी गर्नुपर्ने संसदमा बताएका थिए । उनले  भारतको सीमा नेपालले मिचेको अभिव्यक्ति दिएपछि कांग्रेस प्रमुख सचेतक थापाले प्रधानमन्त्रीले गम्भीर र आपत्तिजनक विषय उठाएको बताइन् । 

सदनमा उनले प्रश्न गरिन्- ‘नेपालले पनि भारतको भूमि मिच्यो भन्नुभयो । यो कहाँनेर मिचिएको हो ? छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्‍यो । यो गम्भीर र आपत्तिजनक विषय हो । प्रधानमन्त्रीले तथ्यविना दुई देशको सीमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्‍यो यो असत्य हो भने रेकर्डबाट हटाइयोस् भनी म माग गर्न चाहान्छु ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति