नेभिगेशन
राजनीति

कोशी प्रदेश सभा पूर्वसांसद मञ्च गठन, संयोजकमा प्रदीप भण्डारी

विराटनगर । कोशी प्रदेश सभाका पूर्व सदस्यहरूको भेलाले 'कोशी प्रदेश सभा पूर्व सांसद मञ्च' गठन गरेको छ । 

आइतबारआयोजित भेलाले कोशी प्रदेश सभाका संस्थापक सभामुख प्रदीपकुमार भण्डारीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले सर्वसम्मत रूपमा मञ्चको पदाधिकारी तथा सदस्यहरू चयन गरेको छ । मञ्चको उप-संयोजकमा पूर्वउपसभामुख सरस्वती पोखरेल र पूर्वसांसद राजीव कोइराला छन् । भने सचिवको जिम्मेवारी पूर्वसांसद लछुमन तिवारीलाई दिइएको छ ।

त्यस्तै, मञ्चको सदस्यहरूमा राजकुमार ओझा, जयराम यादव, बिन्दिया कार्की, विजय विश्वास, इन्दिरा राई, जसमाया गजमेर, विमल कार्की, कुसुम श्रेष्ठ र सरिता खड्का छन् । 

प्रदेश सभामा आफ्नो कार्यकाल पूरा गरिसकेका पूर्वसांसदहरूबीचको सहकार्य, अनुभव आदानप्रदान र संस्थागत निरन्तरताका लागि मञ्चको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति