नेभिगेशन
राजनीति

हर्क साम्पाङको प्रश्न : सदनभित्रै कानून मिच्दा देशमा हामीले 'ल एण्ड अर्डर' मेन्टेन गर्न सक्छौं ?

धरान । बोल्नु पाउनु पर्ने माग राख्दै प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीले हंगामा गरेको छ । बोल्न दिनुपर्ने माग राख्दै वेल घेराउ गरेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रतिनिधि सभाको बैठक नीति, विधि र थितिमा चल्नु पर्ने बताएका छन् । 

सभामुख डोलप्रसाद अर्यालले माग पूरा गरेपछि श्रमसंस्कृति पार्टीले अवरोध हटाएको छ । साम्पाङलाई सभामुखले बोल्न समय दिएपछि रोष्ट्रमबाट हर्कराज राईले असन्तुष्टिको फेहरिस्त सुनाए । उनले भने, 'बोल्न पनि आन्दोलन गर्नु पर्ने भयो । यो आन्दोलन नै आन्दोलनको देश, झै झगडा र आगजनीको देश, कुटपीट, काटमारको देश, त्यसको ह्याङओभर हाम्रो सदनभित्र पनि छ । हामी त्यस्तै तरिकाले 'ग्रुम-अप' भएर आयौं होला ? सानो भन्दाखेरि नसुन्ने कानेगुजी अलिकति हाम्रो धेरै टालिएजस्तो लाग्छ । म केही भन्दिनँ, यो सदनलाई विधिबाट सञ्चालन गर्नुपर्छ । मेरो अनुरोध त्यति हो ।' 

साम्पाङले सदनभित्रै कानून मिच्दै बसेको बताए । उनले प्रश्न गरे- 'देशमा हामीले ल एण्ड अर्डर मेन्टेन गर्न सक्छौं ?' 

सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेको प्रति असन्तुष्टि जनाउँदै साम्पाङले भने- 'प्रधानमन्त्रीज्यूलाई तपाईंले रुलिङ गरेर ल्याउनुपर्छ । तपाईको रुलिङ उहाँले पनि मान्नहुन्छ । किनभने उहाँ पनि हामी मध्येकै एक जना पार्लियामेन्टको मेम्बर हो ।' साम्पाङले सदनलाई विधिबाट चलाउन अनुरोध गरे । 

उनले भने - 'मैले दिने जति पनि अभिव्यक्ति हुन्छन् मेरो मनको गीत गोजीको कुरा यहाँनेर मैले सुनाउने गर्दिनँ । हाम्रो नियम, उपनियम, संविधानका धारा, उपधाराबाट नै हामी नियमित बनौं ।'  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति