नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

रास्वपा कोशीमा चन्द्र राई निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी शरिनले छाडे राजनीति, सेटिङको आरोप

धरान । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशका कार्यवहाक सभापति रहेका शरिन तामाङ (गोमा) ले राजनीतिबाट बिदा लिएको सामाजिक सञ्जालबाट घोषणा गरेका छन् ।

मोरङको विराटचोकमा जारी रास्वपाको कोशी प्रदेश अधिवेशनमा केन्द्रीय तहका नेता र सांसदले प्यानल बनाएर सभापतिका आकाङ्क्षी चन्द्रबहादुर राईको पक्षमा लिस्ट वितरण गरेपछि शरिनले असन्तुष्टि जनाउँदै आएका थिए ।

मत परिणामअनुसार सभापतिमा पराजित भएपछि उनले राजनीतिबाट बिट मारेको घोषणा गरेका छन् । 

उनले सामाजिक सञ्जालमा दुई वटा स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले लेखेका छन्- 'आजबाट राजनीतिक बिट मारे । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।'

शरिनले आफूले प्यानल र सेटिङ गर्न नजानेपछि हार बेहोर्नुपरेको भन्दै अर्को स्टाटस लेखेका छन्- 'आखिर माथिको ह्विप भन्दै हराएरै छड्यौ मानिय तृतीयज्युर केन्द्रिय सदस्य ज्यु धन्यवाद तपाईं चौथाज्युहरुलाइ सायद अनेक सेटिङ प्यानल बनाउन जानिन मैले यो कारण गुटबन्दीको घाउले पिरल्छ कोशिलाइ भनेर तर यो मेरो सोझो सिधापन आज दुखाइ भो सबैलाई। हजुरिको राजनीतिक गर्ने जानिन कमजोरी भो मेरो।' 

रास्वपा कोशीमा चन्द्रबहादुर राई निर्वाचित

रास्वपाको कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन् । पहिलो प्रदेश अधिवेशनबाट मोरङका राई  सभापतिमा निर्वाचित भएका हुन् ।

मत परिणामअनुसार राईले २८० मत प्राप्त गरेका छन् । उनका निकटमत प्रतिद्वन्द्वी रहेका शरिनले १४१ मत प्राप्त गरे ।  यस्तै चन्द्रकुमार गौली ‘निरज’ले २७ मत र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति