नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

निजी सञ्चार माध्यमलाई विज्ञापन नदिने नीति सच्याउन सरकारलाई कोशीका मुख्यमन्त्रीको आग्रह

विराटनगर । सरकारी विज्ञापन सञ्चार माध्यमलाई नदिने सरकारको निर्णय सच्याउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको साधारण सभाको अवसरमा शुक्रबार आयोजित 'कोशी मिडिया सम्मेलन'को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले मिडियालाई उपेक्षा गर्ने वा बन्देज लगाउने काम गर्नुहुँदैन भन्ने कुरामा कोशी प्रदेश सरकार दृढ रहेको बताए । 

कोशी मिडिया सम्मेलनमा उनले भने- 'कोशी प्रदेशमा मिडियालाई सरकारी विज्ञापन बन्देज गरिने छैन । साउन-१ गतेबाट सहकार्य हुनेछ ।' 

मुख्यमन्त्री कार्कीले साउन-१ गतेबाट आम सञ्चार प्रतिष्ठान कोशी प्रदेशको कार्यालय सञ्चालन हुने बताए । ऐन निर्माण गरी सम्पूर्ण प्रक्रिया पूरा गरेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति