नेभिगेशन
राजनीति

सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठड्याए हुन्छ - सांसद आरेन राई

धरान । श्रम संस्कृति पार्टीबाट निर्वाचित सांसद आरेन राईले  सरकारले देश चलाउन नसक्ने हो भने हात उठाउन अनुरोध गरेका छन् ।

बिहीबार सदनमा बोल्दै सांसद राईले भने- 'सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठड्याए हुन्छ । अभिभावकविहीन भएर देश चलाउन पाइँदैन । सरकार निस्किनु पर्‍यो ।'

उनले सदनमा बल प्रयोगबाट समस्याको समाधान नहुने बताए । उनले भने- 'जेनजी आन्दोलन आलै छ । सरकार लुकेर बस्ने अवस्था होइन ।'

सांसद राईले प्रधानमन्त्रीले फेसबुक लेखेर नहुने सरकारको आधिकारिक वक्तव्य आउनु पर्ने बताए । 'यो बेला सरकारले पहल गर्नुपर्ने बेलामा सरकार आफैं कालो कोठाभित्र लुकेर चिहाएर हेरेजस्तो आज मलाई महसुस भएको छ ।' उनले भने ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति