नेभिगेशन
राजनीति

प्रधानमन्त्रीले सामाजिक सञ्जाल र स्टाटसबाट देश चलाउन खोज्नु जनमतको अपमान हो- सांसद बलावती शर्मा 

धरान । नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचित सांसद बलावती शर्माले प्रधानमन्त्रीले सामाजिक सञ्जाल र स्टाटसबाट देश चलाउन खोजेको आरोप लगाएकी छन् । 

सदनको आकस्मिक समयमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले सामाजिक सञ्जाल र स्टाटसबाट देश चलाउन खोज्नु गैरजिम्मेवारी पन, जनमतको अपमान भएको बताइन् । 

'जनताको अभिभावक भई जनताको दु:ख सुखमा साथ दिनुपर्ने हो तर प्रधानमन्त्रीज्यू न त सदनमा, न त जनताको पीरमर्कामा, न त राजनीतिक दलहरुको संवादमा आखिर के मा व्यस्त हुनुहुन्छ प्रधानमन्त्री ?' सांसद शर्माले प्रश्न गरिन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति