नेभिगेशन
राजनीति

प्रहरी आईजीपीमाथि आशिका तामाङको प्रश्न, सीमा जोगाउन पर्खाल वा काँडेतार लगाउन माग 

धरान । सांसद आशिका तामाङले नेपालको सीमा क्षेत्र सुरक्षित गर्न सीमामा पर्खाल वा काँडेतार लगाउन माग गरेकी छन् । 

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङले प्रश्न भनिन्- 'अब खुला सीमाना के गर्ने हो भनेर सोच्ने समय आइसकेको छ । नेपालको सीमा क्षेत्रहरु सुरक्षित बनाउन पर्खाल भए पर्खाल नभए काँडे तारबार लगाई सरकारबाटै सुरक्षा निकाय तत्काल परीचालन गर्न म जोडदार माग गर्दछु ।' 

उनले प्रहरीका आईजीपीमाथि सदनमै प्रश्न उठाइन् ।  'आईजीपी सा'बले हाम्रो देशमा रोहिंग्या पाकिस्तानी मुस्लिम शरणार्थीको चुनौती छ भन्नु भएको समाचार सार्वजनिक भएलगत्तै सुनसरी जिल्लामा हिन्दू र मुस्लिम समुदायबीच झडप हुनुले आज गम्भीर प्रश्न खडा गरेको छ,' सांसद तामाङले भनिन्, 'आईजीपीले सीमा र आन्तरिक सुरक्षाको जानकारी गरेर नेपाली समाजमा डर र आक्रोश पैदा गर्ने हो कि आन्तरिक रणनीतिले सुरक्षा प्रदान गर्ने हो ?' 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति