नेभिगेशन
राजनीति

सुनसरीका समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिकामाथि प्रचण्डको प्रश्न, वास्तविकता बाहिर ल्याउन सरकारलाई अपिल

धरान । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीका समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिकामाथि प्रश्न गरेका छन् । उनले गोली चलाउनै पर्ने अवस्था थियो या थिएन ? भन्दै संशय प्रकट गरेका छन् । 

बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै रोष्ट्रमबाट प्रचण्डले सरकारसँग वास्तविकता बाहिर ल्याउन अपिल गरेका छन् । 

'सुनसरीका समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो ? के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन ? समस्या समाधानका अन्य उपाय र विकल्पहरुमा के कति पहल गरियो या गरिएन ? लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्न चाहान्छु,' प्रचण्डले भने, 'अहिले देशको समग्र राजनीतिक परिस्थिति त्यति सहज चाहिँ छैन ।' 

प्रचण्डले चुनावमा प्रतिबद्धता गरेजस्तो सरकारका गतिविधिले जनताका अपेक्षालाई सन्तुष्ट पार्न सकेको नसकेको बताए ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति