नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

हर्क साम्पाङले भने- गुटबन्दी गर्नेलाई निकाल्न बैठक बस्न पर्दैन, स्टाटस लेख्न १५ सेकेण्ड लाग्छ

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले पार्टीमा गुटबन्दी गर्नेलाई निकाल्न १५ सेकेन्ड पनि नलाग्ने बताएका छन् । उनले गुटबन्दी गर्नेलाई पार्टीबाट निकाल्न बैठक बसिरहन नपर्ने बताए । 

झापामा आयोजित श्रम संस्कृति पार्टीको बृहत् हातेमालो तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले श्रम संस्कृतिमा गुटबन्दी नचल्ने बताए । 

'गुटबन्दी गर्नुहुन्छ भने मैले पार्टीबाट निकाल्न बैठक बस्न पर्दैन, एउटा स्टाटस लेख्छु, छिटो टाइप गर्छु, १५ सेकेण्ड,' सभामा बोल्दै साम्पाङले भने, '१५ सेकेण्ड, एउटै कुरा याद गर्नू ।' 

यो देशमा विचारले शासन गर्नुपर्ने भन्दै उनले पार्टी सदस्य श्रमदातालाई जिताउन आह्वान गरे । सुशासन र समृद्धि श्रम संस्कृति पार्टीको सिद्धान्तले ल्याउने बताए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति