नेभिगेशन
राजनीति

वडाध्यक्षहरूसँगको विवाद सल्टाए कार्यवहाक मेयरले, आजै कार्यपालिका बैठक, बिहीबार नगर सभा

धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट भोलि बिहीबार नगर सभामा प्रस्तुत गर्ने भएको छ ।

कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले वडाध्यक्षहरूसँगको विवाद सल्टाउँदै आज बुधबार कार्यपालिका बैठक र बिहीबार नगर सभा डाकेका छन् । 

कार्यपालिका सदस्य दिनेश गजमेरका अनुसार कार्यवहाक मेयरले संसदीय दलका नेताहरूसँग छलफल गरी विवाद टुङ्ग्याएका हुन् । कार्यपालिका बैठक ३ बजे बस्दै छ । नगर सभा बिहीबार बिहान ११ बजे आह्वान गरिएको छ । 

1000227262-1786521051.jpg
सहमतिअनुसार संकटग्रस्त सहकारी व्यवस्थापनका लागि विनियोजित ५ करोड रुपैयाँ यथावत् रहने छ । तीनकुने–सुन्दरबस्ती विकास आयोजनाका लागि विनियोजित दुई करोड ५० रुपैयाँमध्ये १ करोड रुपैयाँ पर्यटन क्षेत्रमा विनियोजन गरिने छ ।  

यसअघि पर्यटनमा पर्याप्त बजेट नभएको र संकटग्रस्त सहकारी व्यवस्थापनका लागि खर्च गर्नै नसकिने बजेट विनियोजन भएको विषयमा विवाद भएको थियो । 

धरान कार्यपालिका सम्बन्धी यसअघिका सबै समाचार बिटिभीनेपाल डटकम लग-इन गरी हेर्नसक्नुहुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति