नेभिगेशन
पर्यटन

कोशी नदीमा र्‍याफ्टिङको सिजन सुरु, छोटो रुटको प्याकेज गर्न चाहानुहुन्छ ?

सुनसरी । र्‍याफ्टिङको सिजन सुरु भएसँगै सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पर्यटकका समूह देखिन थालेका छन् । रोमाञ्चक जलयात्राको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक आउन थालेका छन् ।

सुनकोशी र तमोर नदीबाट सुरु हुने र्‍याफ्टिङ यात्रा त्रिवेणी हुँदै वराहक्षेत्र मन्दिर आसपासबाट चतरा घाटसम्म आइपुग्छ । नदीको बहावसँगै गरिने यो यात्रामा पर्यटकले सप्तकोशीको प्राकृतिक सौन्दर्य अवलोकन गर्नुका साथै साहसिक जलयात्राको अनुभव लिन पाउँछन् ।

कोशी नदीका छाल, वरपरको प्राकृतिक दृश्य र नदी किनारको मनोरम वातावरणले र्‍याफ्टिङलाई थप रोमाञ्चक बनाउँछन् । यस यात्रामा नेपालीसँगै विदेशी पर्यटक पनि सहभागी हुँदै आएको र्‍याफ्टिङ व्यवसायी ग्रीन होराइजनका सञ्चालक सुरेश बस्नेत बताउँछन् ।

1000286641-1792911238.jpg
लामो समयदेखि चतरा र्‍याफ्टिङको गन्तव्य तथा जलयात्रा समापनस्थलका रूपमा परिचित छ । यहाँ छोटो दूरीको र्‍याफ्टिङ सेवा पनि सञ्चालनमा छ । स्थानीय र्‍याफ्टिङ व्यवसायी बस्नेतका अनुसार छोटो दूरीको जलयात्रा गर्न चाहने पर्यटकका लागि वराहक्षेत्र मन्दिरदेखि चतरा घाटसम्मको प्याकेजसमेत उपलब्ध छ ।

सप्तकोशीमा सञ्चालित र्‍याफ्टिङ मार्गले साहसिक पर्यटनको विकास र विस्तारमा महत्त्वपूर्ण सम्भावना बोकेको छ । सिजन सुरु भएसँगै पर्यटकका समूह देखिन थालेपछि वराहक्षेत्रमा पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन

कङक्रिटले कुरुप : रामधुनी !