नेभिगेशन
समाचार

नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा नवीन गड्तौला, नौं बुँदे कोशीटप्पु घोषणापत्र जारी

सुनसरी । नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा पत्रकार नवीन गड्तौला निर्वाचित भएका छन् । 

महासङ्घको तेस्रो अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । साथै सात सदस्यीय सल्लाहकार चयन गरेको छ ।

अध्यक्ष: नवीन गड्तौला
उपाध्यक्ष: सोहन श्रेष्ठ 
उपाध्यक्ष : सनम तामाङ 
सचिव : नसीम अन्सारी 
सहसचिव : विक्रान्त श्रेष्ठ 
सहसचिव : कृष्णकुमार श्रेष्ठ 
कोषाध्यक्ष : स्नेहा श्रेष्ठ 
सह-कोषाध्यक्ष : शुक्रान्त राई 

सदस्यहरू 
प्रतीत राई 
दिपेश योन्जन
चन्द्रकला चौधरी 
प्रवेशकुमार लिम्बू
हिरण्य कार्की 
सङ्गीता राई 
रुपेशकुमार मोची
विवेक श्रेष्ठ 
रोहन थापा 

सल्लाहकारहरू

जनकऋषि राई 
उपेन्द्र चाम्लिङ 
सन्तोष काफ्ले 
भीषण राई 
अमर खड्का
नवराज विष्ट
विकास चाम्लिङ 

अधिवेशनले पर्यटन विकासका लागि फोटो पत्रकारहरूको क्षमता विकास गर्नुपर्ने माग गर्दै सात बुँदे घोषणापत्र जारी गरेको छ । 

महासङ्घको तेस्रो अधिवेशनका क्रममा शुक्रबार कोशीटप्पु वन्यजन्तु आरक्षस्थित सभाहलमा अधिवेशनले फोटो पत्रकारको हकहित र व्यावसायिक अभिवृद्धिको माग गरेको छ । 

अधिवेशनमा जारी घोषणापत्रमा  कोशी प्रदेश सरकारको वार्षिक कार्यक्रम कोशी पर्यटन वर्ष २०८२ कार्यान्वयनका सन्दर्भमा कोशीटप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा स्तराेन्नति गर्न सबै सराेकारवालाहरूसँग माग गरेको छ ।

हेर्नुहोस् सात बुँदे घोषणापत्र !

कोशीटप्पु घोषणापत्र :

आज मिति २०८२/१२/१३ गते नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीको तेस्रो अधिवेशनका क्रममा उठेका फोटो पत्रकारिताको विकास र फोटो पत्रकारहरूको हकहितसँग सम्बन्धित सात बुँदे घोषणा-पत्र जारी गरिएको छ । 

१. सविधानत: पूर्ण प्रेस स्वतन्त्रता प्राप्त फोटो पत्रकारहरूको विधागत पहिचान उल्लेख गरी तीनै तहका सरकारलाई मिडियामैत्री कानुन निर्माण गर्न माग गर्दछाैँ ।

२. श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्नुका साथै फोटो पत्रकारलाई विभिन्न सञ्चार-गृहले अनेक बहाना बनाएर रोकेको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन माग गर्दछाैँ ।

३. पत्रकारमाथि हुने धाकधम्की, भौतिक आक्रमणका घटनामा दोषीलाई कडा कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछाैँ ।

४. फोटो पत्रकारिताको विकासका लागि समाचार-कक्षमा फोटो पत्रकारको छुट्टै डेस्क स्थापना गर्न सञ्चार-गृहसमक्ष माग गर्दछाैँ ।

५. सूचना, प्रविधिको विकाससँगै पत्रकारिताको अर्थ, मान्यता र प्रक्रियालाई आत्मसात गर्दै पत्रकारिताको आचारसंहिता परिमार्जित, परिस्कृत र आत्सात गर्न माग गर्दछाैँ । 

६. फोटो पत्रकारितालाई पर्यटन प्रवर्धनसँग जोडेर विकास र समृद्धिका लागि तीनै तहका सरकारलाई अघि बढ्न माग गर्दछाैँ । 

७. कोशी प्रदेश सरकारको वार्षिक कार्यक्रम कोशी पर्यटन वर्ष २०८२ कार्यान्वयनका सन्दर्भमा कोशीटप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा स्तराेन्नति गर्न सबै सराेकारवालाहरूसँग माग गर्दछाैँ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्