नेभिगेशन
Tihar Banner
Tihar Banner
समाचार

ओली पक्राउपछि देशभर एमालेको विरोध प्रदर्शन

टायर बालेर, राके जुलुससहित सडकमा उत्रिए कार्यकर्ता

धरान। नेपालको प्रमुख राजनीतिक दल नेकपा एमाले का केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि देशका विभिन्न भागमा एमाले कार्यकर्ताहरूले तीव्र विरोध प्रदर्शन गरेका छन्। नयाँ सरकारको विरोधमा देशव्यापी रूपमा नारा जुलुस, राके जुलुस तथा टायर बालेर आन्दोलन चर्किएको हो।

राजधानी काठमाडौं सहित विभिन्न स्थानमा कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा दिउँसो ३ बजेदेखि ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरूले टायर बाल्दै प्रदर्शन गरेका छन्।

उनीहरूले सरकारविरुद्ध चर्का नारा लगाउँदै विभिन्न कागजात तथा नीतिहरू जलाएर विरोध जनाएका छन्। यस्तै, बाँके मा राके जुलुस निकालेर प्रदर्शन गरिएको छ भने सिन्धुली, पोखरा, चितवन को भरतपुर तथा राजविराज लगायत देशका पूर्वी जिल्लाहरूमा पनि प्रदर्शन जारी रहेको छ। विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरूले शान्तिपूर्ण भन्दै आन्दोलनलाई देशभर फैलाएका छन्।

यसैबीच, एमाले निकट कार्यकर्ताहरूले रमेश लेखक को तत्काल रिहाइको माग समेत गरेका छन्। उनीहरूका अनुसार पूर्व गृहमन्त्री लेखकलाई रिहा गर्नुपर्ने भन्दै आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्।

पक्राउ परेका अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा भर्ना गरिएको छ। केही कार्यकर्ताहरूका अनुसार, उनी केही समयअघि बुवाको क्रियामा बसेका कारण स्वास्थ्यमा समस्या देखिएको बताइएको छ।

ओलीको पक्राउसँगै उत्पन्न राजनीतिक तनावका कारण देशको विभिन्न भागमा सुरक्षा सतर्कता बढाइएको छ भने आगामी दिनमा आन्दोलन अझ चर्किने संकेत देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार