नेभिगेशन
समाचार

जीर्ण पूर्वाधार र जनशक्ति अभावमा पूर्वान्चल इन्जिनियरिङ क्याम्पस: ८५ करोडको सुधार योजना मन्त्रीसमक्ष प्रस्ताव

धरान । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार धरानस्थित त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानको आङ्गिक इकाई पूर्वान्चल इन्जिनियरिङ क्याम्पसको स्थलगत अवलोकन गरेका छन् । उक्त अवसरमा क्याम्पस प्रमुख काजीराम कार्कीले क्याम्पसको विद्यमान जटिल अवस्था, जनशक्ति अभाव र जीर्ण भौतिक संरचनाबारे जानकारी गराउँदै सुधारका लागि विस्तृत विवरण प्रस्तुत गरे ।

मुख्य समस्या: जनशक्ति र दरबन्दीको ‘अल्झन’

क्याम्पस प्रमुख कार्कीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार क्याम्पसको सबैभन्दा ठूलो चुनौती मानवीय संशाधन रहेको छ। हाल क्याम्पसमा एकजना पनि पूर्ण प्राध्यापकको दरबन्दी छैन। ५ जना उप-प्राध्यापक र ६१ जना सहायक प्राध्यापकका भरमा शिक्षण कार्य चलिरहेको छ।

क्याम्पस प्रमुख कार्कीले क्याम्पसमा ओ एण्ड एमको अभाव रहेको बताए । उन्ले स्थापनाकालदेखि नै संगठन तथा व्यवस्थापन सर्वेक्षण नहुँदा पुरानै संरचनामा क्याम्पस चल्नु परेको बताए । कर्मचारीहरू पुरानो कार्यशैलीका रहेका र नयाँ प्रविधिमैत्री जनशक्तिको चरम अभाव रहेको उल्लेख गरे । उनले ३ देखि ४ जना दक्ष आईटी कर्मचारीले १० जना पुराना कर्मचारीको काम गर्न सक्ने भए पनि दरबन्दी व्यवस्थापन हुन नसकेको बताए । 

1000146462-1776771384.jpg

क्याम्पसमा रिसर्चको कमी रहेको उल्लेख गर्दै क्याम्पस प्रमुख कार्कीले अत्यधिक कार्यबोझका कारण प्राध्यापकहरू अनुसन्धान भन्दा शिक्षणमा मात्र सीमित हुनुपरेको बताए ।

जीर्ण संरचना निर्माण र  ५ करोडको ल्याब प्रस्ताव

४४ वर्ष पुराना भौतिक संरचनाहरू जीर्ण अवस्थामा पुगेकाले मर्मत सम्भार क्याम्पसको अर्को टाउको दुखाइ बनेको छ। ल्याबमा पर्याप्त उपकरण नभएको र पुस्तकालयको अवस्था समेत कमजोर रहेको तथ्याङ्कले देखाउँछ । क्याम्पस प्रशासनले मेकानिकल एण्ड इनोभेसन सेन्टर (ल्याब) निर्माणका लागि मात्रै ५ करोड रुपैयाँ आवश्यक रहेको जनाएको छ ।

क्याम्पस प्रमुख कार्कीले मन्त्रीसमक्ष दिगोपनका लागि ८५ करोडको गुरुयोजना प्रस्ताव गरेका छन् । उनले क्याम्पसको समग्र सुधार र दिगो विकासका लागि आगामी २० वर्षको गुरुयोजना आवश्यक रहेको बताए ।  प्रमुख कार्कीले एकेडेमिक ब्लक निर्माणका लागि ३५ करोड रुपैयाँ, होस्टल निर्माणका लागि ३० करोड रुपैयाँ, आवासीय भवन निर्माणका लागि १५ करोड रुपैयाँ, कृषि संशाधन केन्द्रका लागि ५ करोड रुपैयाँ र
खानेपानी र आईटी ब्लक निर्माणका लागिब १ करोड ३० लाख रुपैयाँ बजेट आवश्यक रहेको बताए । 

नीतिगत सुधारका माग

क्याम्पस प्रमुख कार्कीले मन्त्री समक्ष कर्मचारी र शिक्षकको कम्तिमा ५ वर्षमा सरुवा वा रोटेसन हुनुपर्ने, प्रत्येक १० वर्षमा एक सेमेस्टर अर्को क्याम्पसमा गएर पढाउनुपर्ने र कार्यसम्पादनका आधारमा दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्ने माग राखेका छन् साथै, हालको झन्झटिलो परीक्षा प्रणालीलाई सुधार गरी १० दिनभित्रै परीक्षा सम्पन्न गर्न सकिने प्रस्ताव समेत गरिएको छ ।

अवलोकनका क्रममा मन्त्री पोख्रेलले फाइनान्सियल रिपोर्ट हेरेर युनिभर्सिटीसग कुरा गर्ने बताए । 

1000146518-1776781320.jpg

1000146517-1776781642.jpg

1000146520-1776781923.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार