नेभिगेशन
समाचार

लालीगुराँस महाराइडको तेस्रो संस्करणमा ५ सय बढी रोयल एन्फिल्ड राइडर्स टिएमजे क्षेत्र जाँदै

धरान । 'लालीगुराँस महाराइड'को तेस्रो संस्करणमा ५ सय बढी रोयल एन्फिल्ड राइडर्स टिएमजे क्षेत्रतर्फ लागेका छन् ।

गत ३ वर्षदेखि लालीगुँरास संरक्षण अभियान चलाइरहेका रोयल एन्फिल्ड राइडर्सहरू धरानदेखि तीनजुरेसम्मको एक दिने राइडमा निस्किएको संयोजक सुदर्शन लिम्बूले जानकारी दिए ।

रोयल इस्टर्न एन्फिल्डर्स मोटरसाइकल क्लबलगायत रोयल एन्फिल्डले आन्तरिक पर्यटन प्रवर्धनलाई टेवा पुर्‍याउँदै 'लालीगुँरास नटिपौं वातावरण जोगाऔं' भन्ने नाराका साथ तेस्रो 'लालीगुँरास महाराइड' आयोजना गरेको संयोजक लिम्बूले जानकारी दिए । 

शुक्रबार बिहान ६ बजे धरान-१३ स्थित धरान भ्यूमा भेला भएका नेपाल र भारतलगायतका क्लबमा आबद्ध ५ सय २० राइडर्स मध्ये ३०० राइडर्सहरू तीनजुरेतर्फ लागेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार