नेभिगेशन
समाचार

पत्रकार महिलालाई तथ्य जाँच तालिम

धरान । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले पत्रकार महिलाहरूका लागि पाँच दिने तथ्य जाँच (फ्याक्ट चेकिङ) तालिम प्रदान गरेको छ । 


पछिल्लो समय बढ्दो डिसइन्फर्मेसन (भ्रामक सूचना) र मिसइन्फर्मेसन (गलत सूचना) का कारण समाजमा देखिएका विकृति तथा त्यसले पार्ने प्रभावबारे तालिममा चर्चा गरिएको छ ।

पत्रकार उज्ज्वल आचार्य र भोजराज श्रेष्ठले सत्यतथ्य समाचार कसरी सम्प्रेषण गर्ने, समाचारले समाजमा पार्ने प्रभाव, तथा गलत सूचनाबाट उत्पन्न हुने भ्रम र सामाजिक आक्रोश न्यूनीकरणका उपायबारे सहजीकरण गरेका थिए । 

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पछिल्लो समय गलत सूचनाको प्रभाव बढ्दै गएकाले पत्रकार महिलाहरूलाई तथ्य जाँचसम्बन्धी सीप प्रदान गरिएको बताए ।

तेह्रथुम, ताप्लेजुङ, इलाम, सुनसरी, मोरङका २१ जना पत्रकार महिला तालिममा सहभागी छन् ।

तालिम लालिगुराँस नगरपालिका वसन्तपुरस्थित सभाहलमा आयोजना गरिएको थियो । तालिमको उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार

बर्खाअघि नै टप्पुमा तटबन्ध !