नेभिगेशन
Dashain Banner
Dashain Banner
समाज

चुनकुमारी हत्याकाण्ड : कोरिया रहेका श्रीमान प्रेम बुढाथोकी पक्राउ, भारतीय नागरिकको खोजी जारी

धरानः धरान–६ को पाँचकन्या सामुदायिक जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी ४० वर्षीया चुनकुमारी बुढाथोकीको हत्यामा परिवारका सदस्यहरू नै संलग्न भएको खुलेपछि अनुसन्धान थप गहिरिँदै गएको छ।

स्रोतका अनुसार, हाल कोरियामा रहेका चुनकुमारीका श्रीमान प्रेम बुढाथोकीलाई धरान  प्रहरीले पक्राउ गरेको छ।

यस अनुसन्धानलाई सघाउने उद्देश्यले भारत प्रहरिले पनि नेपाल प्रहरिलाई सहयोग गरिरहेको छ ।

घटनामा चार जनालाई पक्राउ गरिसकेको प्रहरीले अब एक भारतीय नागरिकको खोजी तीव्र बनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त भारतीय नागरिकले योजनामा संलग्न रहेको वा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेलेको आशंका गरिएको छ।

महालक्ष्मी नगरपालिका–१ माइती भएकी चुनकुमारी बुढाथोकी विगत दुई वर्षदेखि इटहरीको हलगडामा डेरामा बस्दै छोराको शिक्षाको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। उनका देवर, देवरानी, नन्द र एक सहयोगीलाई झापा र मोरङबाट पक्राउ गरिएको हो। उनीहरूले झुक्याएर जंगलमा लगेर घाँटी र शरीरका भागमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार, घटनामा अझै केही व्यक्तिहरूको संलग्नता हुनसक्ने भएकाले अनुसन्धान जारी रहेको छ। प्रहरिले पत्रकार सम्मेलन गरि घटना सार्वजनिक गर्ने तयारि गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज