नेभिगेशन
Dashain Banner
Dashain Banner
खेलकुद

धरान फाइटनाइट बक्सिङमा १६ बक्सरको भिडन्त आर्मी क्लबका स्वर्ण विजेता समेत सहभागी हुँदै

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत बक्सिङमा देशभरीबाट १६ जना प्रोफेसनल (प्रो), एमेच्योर र फिमेल फाइटरहरुले प्रतिष्पर्धा गर्ने भएको छ ।
अन्तराष्ट्रिय बक्सिङ एसोशिएशन (आइबा) को अनुमतिमा नेपालमा पहिलो पटक हुन गइरहेको प्रो बक्सिङको रोमान्चक इभेन्ट धरान १५ स्थित चुम्लुङहिममा हुने आयोजक धरान बक्सिङका सचिव महेश आलेले जानकारी दिनुभयो ।
प्रोफेनसल विद्या अन्तर्गत ८ जना खेलाडिहरुले ३ वटा तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् । ५१ केजी तौल समुह अन्तर्गत बागमती प्रदेशको नक्साल बक्सिङ क्लबबाट आयुष अधिकारी विरुद्ध कोशी प्रदेशको झापाबाट फुङलाम काङबाङले प्रतिष्पर्धा गर्ने छ ।
५७ केजी तौल समुह अन्तर्गत कोशी प्रदेशको धरानबाट सिंहवीर लिम्बू विरुद्ध त्रिभूवन आर्मी क्लवका पुरण सुनुवारले प्रतिष्पर्धा गर्नेछन् । ६० केजी तौल समुह अन्तर्गत कोशी प्रदेशको धनकुटाबाट अनिष भूजेल विरुद्ध बागमती प्रदेशको सिजिजि क्लवका सुलभ मालीले प्रतिष्पर्धा गर्ने छन् भने साढे ६३ केजी तौल समुह अन्तर्गत कोशी प्रदेशको धरानबाट दिपाल राई विरुद्ध त्रिभूवन आर्मी क्लबका सम्राट महर्जनले प्रतिष्पर्धा गर्ने तय भएको सचिव आलेले बताउनुभयो ।
त्यूतै एमेच्योर विद्या अन्तर्गत ६ जना बक्सरहरुले प्रतिष्पर्धा गर्ने छन् जसमा ५४ केजी तौल समुहमा धरानका शेखर राई विरुद्ध उदयपुरका अभिशेष बस्नेत, ५७ केजी तौल समुहमा धरानका राजन राई विरुद्ध धनकुटाका मनिष पराजुली र ६० केजी तौल समुहमा धरानका असिन लिम्बू विरुद्ध काठमाण्डौंका सिजिजि क्लवका निकेश गुरुङको भिडिन्त हुने आयोजक कमिटीका अध्यक्ष दिपक राईले जानकारी गराउनुभयो ।
त्यस्तै फिमेल फाइट विद्या अन्तर्गत २ जना बक्सरहरुले सहभागीता जनाउनेछन् जसमा ४८ केजी तौल समुहमा नक्साल बक्सिङ क्लव काठमाण्डौकी दिब्या चेम्जोङ लिम्बू विरुद्ध उदयपुकी दिविका राई एकापसमा प्रष्पिर्धा गर्ने अध्यक्ष राईले बताउनुभयो ।
बैशाख १२ गते अपरान्ह साढे ४ बजेबाट प्रारम्भ हुने रात्रिकालिन प्रतियोगितालाई रोमान्चकता दिनका लागि  सेन्सी डान्स स्टुडियोको प्रस्तुतिसंगै द आउटसाइडर्स व्याण्डको लाइभ प्रस्तुति रहने र डिजे नोभ्सनले आगन्तुकहरुलाई नचाउनेछन् । कार्यक्रमको होस्ट इक्सा मादेन र सुदिप यल्मोले गर्ने आयोजकले जानकारी गराउनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद