नेभिगेशन
समाचार

नेकपा एमाले धरानले जेठ ९ गते सुकुम्बासीको पक्षमा प्रदर्शन गर्ने 

धरान । नेकपा एमाले धरानले आगामी जेठ-९ गते सुकुम्बासीको पक्षमा प्रदर्शन गर्ने भएको छ । 

एमाले धरानद्वारा गठित अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी  संघर्ष समितिको आयोजनामा प्रदर्शन गर्ने निर्णय भएको नेकपा एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईले जानकारी दिए । 

जेठ-९ गते दिउँसो १ बजे छाताचोकमा भेला हुन संघर्ष समितिले आह्वान गरेको छ । आन्दोलन शान्तिपूर्ण हुने बताइएको छ । 

यसअघि एमाले धरानले चन्द्र भुजेलको संयोजकत्वमा १३ सदस्यीय अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति गठन गरेको थियो । समितिको उपसंयोजक राजेश राई र सचिव टीकाराम बिक छन् ।

सुकुम्बासी बस्तीमा बल प्रयोग नगर्न र उचित व्यवस्थापन गर्न एमाले धरानको माग

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार