नेभिगेशन
खेलकुद

भरौललाई पराजित गर्दै विराट भेट्रान सेमिफाइनलमा

धरान । धरानमा जारी हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको चौंथो संस्करणको दोस्रो क्वाटर फाइनल खेलमा भरौल भेट्रान फुटबल क्लबविरुद्ध ४-१ को जित निकाल्दै विराट भेट्रान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

जितका लागि विराटका तर्फबाट खेलको १५ औं र २२औं मिनेटमा प्लेयर अफ द म्याच प्रकाश थापाले लगातार गोल गरे । २८औं र ५८औं मिनेटमा क्रमशः डेनी राई र देउमान लिम्बूले गोल गरी टिमलाई सेमिफाइनलमा पुर्‍याए । 

भरौलका तर्फबाट खेलको १४औं मिनेटमा भोलासेन ठकुरीले गरेको पहिलो गोल सान्त्वना बन्यो । 

सोमबार धरान रंगशालामा हुने तेस्रो क्वाटर फाइनल खेलमा आयोजक हाम्रो धरान भेट्रान्स र बेलका भेट्रान्स उदयपुर भिड्ने आयोजकले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद