नेभिगेशन
शिक्षा

धरानस्थित महेन्द्र क्याम्पस प्रशासनले आन्तरिक परीक्षामा लापरबाही गरेको, अवैध सुविधा लिएको आरोप

धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पस प्रशासनलाई गम्भीर आरोप लगाउँदै लिखित स्पष्टीकरणसहित छलफलका लागि आह्वान गरेको छ ।

क्याम्पस प्रशासनले कार्यालय खुल्ने समयअगावै १ घण्टी सेवा सुविधा लिँदै आएको, बीबीएस प्रथम वर्षको आन्तरिक परीक्षामा लापरबाही गरेको र लामो समय बितिसक्दा पनि क्याम्पसको क्यान्टिन निर्माण नभएको स्ववियुले आरोप लगाएको छ । 

स्ववियु अध्यक्ष प्रसान राई र सचिव पवन बस्नेतद्वारा संयुक्त हस्ताक्षरित ध्यानाकर्षणपत्रमा क्याम्पस प्रशासनलाई ३ बुँदे गम्भीर आरोप लगाउँदै गैरजिम्मेवार कार्यप्रति खेद प्रकट गरेको उल्लेख छ । 

स्ववियु पदाधिकारीले २ दिनभित्रमा लिखित स्पष्टीकरणसहित छलफल र सम्बोधन नगरे क्याम्पस प्रशासनविरुद्ध आन्दोलित हुनेसमेत ध्यानाकर्षणपत्रमा उल्लेख गरेका छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप शिक्षा