नेभिगेशन
खेलकुद

हाम्रो धरान भेट्रान्स कप : इटहरीलाई पराजित गर्दै पूर्वेली भेट्रान्स सेमिफाइनलमा

धरान । धरान रंगशालामा जारी हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको चौंथो संस्करणअन्तर्गत मंगलबार सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा इटहरी भेट्रान्स फुटबल क्लबलाई पराजित गर्दै पूर्वेली भेट्रान्स फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

पूर्वेलीको जितका लागि खेलको दोस्रो हाफमा प्रवीण विश्वकर्माले गरेको एकमात्र गोल निर्णायक बन्यो । 

खेलमा पूर्वेलीका भूपेन लिम्बू प्लेयर अफ द म्याच घोषित भए । उनलाई आयोजक क्लबका सल्लाहकार सुरज गुरुङले २ हजार रुपैयाँसहित उपाधि प्रदान गरे । 

बुधबार पहिलो सेमिफाइनल खेलमा विराट भेट्रान्स माेरङका विरुद्ध हाम्रो धरान भेट्रान्स सुनसरीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद