नेभिगेशन
समाज

धरानकि पत्रकार रश्मिलाई नगरपालिकाका अधिकृतले सूचना लिँदा दिए धम्की

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिकुमार प्रसाद चौलागाईंले पत्रकारमाथि गरेको दुव्यवहारप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले विरोध जनाएको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले पत्रकारिताको पेशागत स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भएको भन्दै घटनालाई गम्भीररूपमा लिएको जनाएको हो।

महासंघका अनुसार पत्रकार रम्शी प्रधानलाई प्रशासकीय अधिकृत चौलागाईंले असभ्य व्यवहार गर्दै प्रश्न सोधेको भरमा कपुरि न्यूज बन्द गरिदिने धम्की दिएका थिए।

साथै सूचनाको हक अन्तर्गत प्रधानले उपमहानगरपालिकाको कार्यालयमा जानकारी लिन खोज्दा उनलाई अपमानजनक व्यवहार गरिएको थियो।

नेपाल पत्रकार महासंघ सुनसरीका सचिव विनय वाखोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत आक्रोश वा असन्तुष्टि लिएर कुनैपनि प्रशासकीय अधिकारीले यसरी पत्रकारमाथि दुरव्यवहार गर्नु गैरजिम्मेवार र अलोकतान्त्रिक हो।” महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

संम्बाद दाता

लोकप्रीय
थप समाज

चुनावको छायाँमा धरानको होली फिका