नेभिगेशन
खेलकुद

हाम्रो धरान भेट्रान कप : धरान भेट्रान्सलाई पराजित गर्दै पूर्वेली भेट्रान्स फाइनल प्रवेश

धरान । धरान रंगशालामा जारी हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको चौंथो संस्करणको दोस्रो सेमिफाइनल खेलमा जित निकाल्दै पूर्वेली भेट्रान्स फुटबल क्लबले फाइनलमा स्थान सुरक्षित गरेको छ । 

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा धरान भेट्रान्स फुटबल क्लबलाई टाइब्रेकरमा ६-५ गोल अन्तरले पराजित गर्दै हाम्रो पूर्वेली भेट्रान्स फाइनल प्रवेश गरेको हो । फाइनलमा पूर्वेलीले आयोजक हाम्रो धरान भेट्रान्ससँग भीडन्त पक्का गरेको छ । 

खेलको पहिलो हाफमा प्लेयर अफ द म्याच पूर्वेलीका भूपेन लिम्बू गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा धरान भेट्रान्सका काजी राईले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

निर्धारित समयमा खेल बराबरीमा टुङ्गिएपछि निर्णय टाइब्रेकरमा पेनाल्टीसुट आउटबाट लिइएको थियो ।

प्रतियोगिताको फाइनल खेल आगामी जेठ १६ गते धरान रंगशालामा अपराह्न साढे ३ बजेदेखि हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद