नेभिगेशन
समाज

लौकहीमा ठुलो परिमाणमा लागू औषधसहित एक युवक पक्राउ

सुनसरीः भारतबाट नेपालतर्फ लागू औषध ल्याउँदै गरेका भोजपुर अरुण गाउँपालिका–५ निवासी २६ वर्षीय तेजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार अगाडि शंका लागेर जाँच गर्दा कार्कीको साथबाट खैरो हेरोइनजस्तो देखिने २ ग्राम पदार्थ फेला परेको थियो।

उनको बयानपछि लौकही बजारमा पार्किङ गरिएको प्रदेश १–०२–००२ च ५३४८ नम्बरको योड्डा पिकअप गाडी जाँच गर्दा ११ वटा बोरामा प्याक गरिएको ३२३.२१ किलोग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

कार्कीलाई लागू औषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज