नेभिगेशन
शिक्षा

धरान उपमहानगरद्वारा संस्थागत विद्यालयलाई शुल्क समायोजन गर्न निर्देशन

धरान । धरान उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूलाई तत्काल अभिभावक भेला गराई शुल्क समायोजन गर्न निर्देशन दिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईद्वारा जारी सूचना अनुसार, शैक्षिक सत्र २०८३ का लागि शुल्क निर्धारण गर्दा अभिभावकको दुई तिहाइ बहुमतबाट पारित गरी तोकिएको शुल्कमा नबढ्ने गरी लिनुपर्ने व्यवस्था छ । साथै, तोकिएको शुल्क सीमाभन्दा कम शुल्क लिइरहेका विद्यालयहरूले सोही शुल्कलाई नै निरन्तरता दिनुपर्ने प्रावधान छ ।

यद्यपि, केही विद्यालयहरूले अभिभावकको भेला नगराएको र तोकिएको शुल्क सीमाभन्दा कम शुल्क लिइरहेका विद्यालयहरूले समेत शुल्क बढाएको भनी गुनासो/उजुरी प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ ।

उक्त उजुरीहरूलाई मध्यनजर गर्दै, नगरपालिकाले सम्बन्धित विद्यालयहरूलाई यथाशीघ्र अभिभावक भेला गराई शुल्क बढाएको पाइएमा तत्काल समायोजन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप शिक्षा