नेभिगेशन
खेलकुद

धरान स्कुल ओलम्पिकको तेस्रो संस्करण : २४ पदकसहित माउन्ट हर्मन सर्वोत्कृष्ट

धरान । धरानमा आयोजित मेयर कप स्कुल ओलम्पिक फेस्टिवल-२०८३ को तेस्रो संस्करणमा धरान-१८ स्थित माउन्ट हर्मन बोर्डिङ स्कुल १२ स्वर्ण पदकसहित कुल २४ पदक प्राप्त गर्दै सर्वोत्कृष्ट बनेको छ ।

गत असार १३ गतेदेखि २० गतेसम्म आयोजित स्कुल ओलम्पिकमा सर्वोत्कृष्ट माउन्ट हर्मनले ९ कास्य, ३ रजत पदक प्राप्त गर्‍यो । 

1000219152-1783179454.jpg
 

यस्तै धरान-१३ स्थित सैनिक महाविद्यालयले ७ स्वर्ण, ५ कास्य र ४ रजत पदकसहित १६ पदक प्राप्त गर्‍यो । तेस्रो स्थान प्राप्त गर्न सफल धरान-१२ स्थित पब्लिक हाइस्कुलले ७ स्वर्ण, ३ कास्य र ४ रजत पदकसहित कुल १४ पदक प्राप्त गर्‍यो । 

शनिबार धरान रंगशालामा आयोजित समापन कार्यक्रममा धरान उपमहानगरका कार्यवहाक प्रमुख अइन्द्रविक्रम बेघा, धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईलगायतले पदक वितरण गरे । 

1000219153-1783179482.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद