नेभिगेशन
समाचार

तीन दिनभित्र सार्वजनिक स्थानका झण्डा, ध्वजा र पताका हटाउन प्रशासनको अपिल

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थान तथा सडक खण्डहरूमा विभिन्न प्रयोजनका लागि राखिएका झण्डा, ध्वजा र पताका तीन दिनभित्र हटाउन सार्वजनिक अपिल गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी अपिलमा सार्वजनिक स्थानमा विभिन्न समयमा राखिएका एकल जातीय, धार्मिक, सांस्कृतिक तथा विशेष पहिचान जनाउने झण्डा, ध्वजा र पताकाले सार्वजनिक स्थलको स्वरूप प्रभावित हुने भएकाले ती सामग्री हटाउन आग्रह गरिएको छ।

प्रशासनले सम्बन्धित सबै पक्षलाई आगामी तीन दिनभित्र त्यस्ता झण्डा, ध्वजा र पताका हटाउन अनुरोध गरेको छ। साथै, हटाइसकेपछि पुनः नराख्न समेत सरोकारवाला पक्ष तथा सम्बन्धित स्थानीय तहहरूलाई समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानको मर्यादा, सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले उक्त अपिल जारी गरिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार