नेभिगेशन
समाचार

विश्व आदिवासी दिवसका अवसरमा ग्रामथान संरक्षण र पहिचान प्रवर्द्धनमा जोड

विराटनगर । विश्व आदिवासी दिवसका अवसरमा मोरङको कटहरीमा युवा पुस्तालाई आफ्नो मौलिक परम्परा र संस्कृतिसँग जोड्दै अगाडि बढाउन सरोकारवालाहरूले जोड दिएका छन् ।

“हाम्रो पहिचान नै हाम्रो धर्म र संस्कृति हो,” गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आफ्नो मौलिक भाषा, धर्म र संस्कृतिको जगेर्नाका लागि आदिवासी जनजाति समुदाय स्वयं सक्रिय हुनुपर्नेमा जोड दिँदै भने, “अहिलेको युवा पुस्तालाई आफ्नो मौलिक परम्परा र संस्कृतिसँग जोड्दै अगाडि बढाउनु आजको आवश्यकता हो ।” उनले स्थानीय सरकारका तर्फबाट भाषा र संस्कृतिको उत्थानका लागि आवश्यक सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

विश्व आदिवासी जनजाति दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, कटहरी गाउँपालिकाले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी जनजातिका आस्थाका केन्द्र ग्रामथानहरूको संरक्षणमा सबै समुदाय लाग्नुपर्ने बताए ।

1000226637-1786284900.jpg
कार्यक्रमअघि गाउँपालिकाभित्र बसोबास गर्ने ९ भन्दा बढी आदिवासी जनजाति समुदायले आ–आफ्नो मौलिक भेषभूषा र पहिचानसहितको र्‍याली निकालेका थिए । र्‍यालीले गाउँका विभिन्न भागको परिक्रमा गरी सभामा परिणत भएको थियो ।

सो अवसरमा विभिन्न जनजाति समुदायका परम्परागत परिकारहरू प्रदर्शनी र वितरण गरिएको थियो ।  स्थानीय जनप्रतिनिधि, जनजाति अगुवा र सर्वसाधारणको उपस्थिति थियो ।

1000226638-1786284924.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार