नेभिगेशन
आर्थिक

कोशीको पर्यटन विश्वसामु चिनाउन विद्यार्थीसँग सहकार्य गर्दै ''एलिसन हस्पिटालिटी"

सन्जिता धमला 
 
धरानः इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको रचनात्मक सोच र नवप्रवर्तनलाई पर्यटन विकासमा रूपान्तरण गर्ने उद्देश्यसहित एलिसन हस्पिटालिटी प्रा.लि.ले ‘टुरिज्म प्रोजेक्ट सोकेस–कोशी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। 
 
कार्यक्रमको उद्देश्य नवीन संरचना र योजनाका माध्यमबाट स्थानीय क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन तथा विद्यार्थीहरूलाई व्यावसायिक अवसर दिनु हो।
 
एलिसन हस्पिटालिटीका अध्यक्ष एलिना मगरले भनिन्, “विद्यार्थीहरूका लागि यो केवल प्रतिस्पर्धा होइन, कोशी प्रदेशको पर्यटन सम्भावना विश्वसामु चिनाउने सुनौलो अवसर हो। नवप्रवर्तन र उद्यमशीलताको संयोजनमार्फत हामी स्थायी विकासतर्फ अघि बढ्नेछौं।”
 
नेपालभरिबाट २१ वटा विद्यार्थी समूहले आवेदन दिएकोमा उत्कृष्ट १० टिम छनोट भइसकेका छन्। उनीहरूले डाँडाबजार, राजारानी, रौता पोखरी, सोलु, इलाम, ओखलढुंगा, संखुवासभा, मुन्धुम सर्किट लगायतका पर्यटकीय सम्भावनायुक्त क्षेत्रको परियोजना निर्माणमा सहभागी हुनेछन्। स्थल भ्रमणपछि तयार गरिएका डिजाइन, थ्रीडी मोडेल र प्रस्तुतीलाई काठमाडौंको होटल जी रामायणामा जेठ ९ देखि ११ गतेसम्म प्रदर्शनी गरिनेछ।
 
धरानमा आयोजित पत्रकार सम्मेलनमा एक्मी एक्स्प्लोरर, रुरल रिड्ज विल्डर्स र केटुपिए समूहले आफ्ना परियोजना प्रस्तुत गरे। प्रतियोगिताको अन्तिम चरणमा विज्ञ निर्णायकद्वारा उत्कृष्ट टिमलाई १ लाख, ५० हजार, २५ हजार र सहभागी सबैलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।
 
काठमाडौंपछि कोशी प्रदेशमै दोस्रो चरणको प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

संम्बाद दाता