नेभिगेशन
समाचार

वन्यजन्तु अपराध नियन्त्रणबारे सञ्चारकर्मीलाई सचेतना

सुनसरी । वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका र प्रभावकारी सञ्चारका विषयमा सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

‘वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चारमाध्यमको संलग्नता र सचेतना’ विषयक कार्यक्रम आइतबार कोशीटप्पु वन्यजन्तु आरक्ष, सुनसरीमा आयोजना गरिएको हो । कार्यक्रममा वन्यजन्तु अपराध नियन्त्रणका विषयमा सञ्चारमाध्यमको भूमिका, जनचेतना अभिवृद्धि तथा संरक्षणसम्बन्धी विषयमा छलफल भएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षा गुल्मका सेनानी प्रकाश खड्काले चोरी, सिकारी नियन्त्रण, बृहत् सैनिक कारबाहीलगायत आरक्ष संरक्षण चुनौतीका विषयमा सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए । उनले सञ्चारकर्मीबाट सुरक्षा फौजले प्राप्त गर्न सक्ने सहयोगका विषयमा समेत छलफल गरे । 

1000235723-1789290521.jpg
आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले वन्यजन्तु अपराधका सन्दर्भमा विश्वको परिदृश्य, राष्ट्रिय अवस्था, प्रादेशिक अवस्था र कोशी टप्पु वन्यजन्तु आरक्षको अवस्थाका बारेमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा कोशीटप्पु वन्यजन्तु आरक्षसँग सम्बन्धित सरोकारवाला तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । वन्यजन्तु संरक्षण र अपराध नियन्त्रणका लागि सञ्चारमाध्यममार्फत सूचना तथा जनचेतना प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि वीरेन्द्र गौतमले बताए ।

1000235725-1789290565.jpg
कार्यक्रम अमेरिकी सहयोग तथा नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसन (एनटीएनसी) सँगको सहकार्यमा आयोजना गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार