नेभिगेशन
समाचार

खेलकुद बोर्डको कार्यालयबाट धाराका टुटीलगायत सामान चोरी

विराटनगर । विराटनगरस्थित प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको कार्यालयबाट धाराका टुटीलगायत सामान चोरी भएको छ ।

सहिद रंगशालाको पूर्वतर्फ रहेको बोर्डको कार्यालयमा शनिबार बिदाको दिन प्रवेश गरेका व्यक्तिले सामान चोरी गरेका हुन् ।
बोर्डका सदस्यसचिव विप्लव घोषका अनुसार कार्यालयभित्र प्रवेश गरी सामान चोरी गरिरहेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको छ । बिदाको समयमा केही व्यक्ति कार्यालयभित्र प्रवेश गरेको फुटेजमा देखिएको उनले बताए ।

‘उनीहरूले धाराका टुटीलगायतका सामान चोरी गरेको देखिन्छ,’ घोषले भने । अन्य सामान भने चोरी नभएको घोषले जानकारी दिए । घटनाबारे सीसीटीभी फुटेजसहित जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिइएको उनले बताए । प्रहरीले चोरीमा संलग्न व्यक्तिको पहिचान तथा घटनाबारे थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्