नेभिगेशन
समाचार

देवानगञ्जमा* घाइते भएकाको पहिचान खुल्यो, नोबेल अस्पतालमा उपचार हुँदै

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा भएको खगडामा* घाइते भएका स्थानीय २३ वर्षीय निरजकुमार यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार यादवको पुट्ठामा* चोट लागेको हो । उनी बोल्न सक्ने अवस्थामा रहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनापछि यादवलाई उपचारका लागि विराटनगर ल्याइएको हो । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।* 

*सच्याइएको/ अपडेट गरिएको ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार